पोखरामा ‘आर्ट क्याम्प’ सुरु, संगीत र कलाको राजधानी हो पोखरा: पूर्वगृहमन्त्री अधिकारी

पाेखरा | असोज १, २०७९

पोखरामा ‘आर्ट क्याम्प’ सुरु, संगीत र कलाको राजधानी हो पोखरा: पूर्वगृहमन्त्री अधिकारी

पाेखरा:  इन्टरनेशलन वाटरकलर सोसाइटी (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा आजदेखि ‘आर्ट क्याम्प’ सुरु भएको छ । 

 

पोखरा महानगरपालिका १ बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा आज (शनिबार) देखि ‘पोखरा आर्ट क्याम्प’ सुरु भएको हो ।

 

आगामी ४ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प प्रतिष्ठानको भवनमा मात्रै सिमित नहुने कार्यक्रम संयोजक मनोज योञ्जन तामाङले बताए । सो क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको कलासहित सहभागिता रहेको तामाङले बताए । 

 

उनका अनुसार नेपालबाट ९० भारतका ८, बङ्गलादेशका १७ र इरानका ६ जना कलाकारको सहभागिता रहेको छ  । आर्ट क्याम्पअन्तर्गत आज (असोज १ गते) भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी भएका छन्  । 

 

‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुने कार्यक्रम संयोजक मनोज तामाङले बताए ।  

यसैगरि आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले क्याम्पको दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरि कार्यशाला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार तेस्रो दिनभने विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी हुनेछ । 

 

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सिमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको गुरुङले बताए । 

 

आयोजकले कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने लक्ष्य लिएको छ । 

 

संगीत र कलाको राजधानी हो पोखरा:  पूर्वगृहमन्त्री अधिकारी 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले पोखरा संगीत र कलाको राजधानी भएको बताए । ‘पोखरा एक प्राकृतिक कला भएको पर्यटकीय स्थल हो, उनले भने,‘ पोखरा संगीत र कलाको राजधानी हो । कलाको माध्यमबाट राज्यलाई चिनाउन महत्वपुर्ण योगदान रहन्छ ।’

 

उनले कलाले मान्छेलाई सुखस्दुखमा साथ दिने धारणा राखे । ‘कलाले सुखःदुखमा साथ दिन्छ । हरेक कदमकदम कलाको साथ मिल्छ, उनले भने, ‘कलाले संसारलाई एक बनाउनसमेत महत्वुपर्ण योगदान पु¥याउने गर्छ ।’

 

पोखराका कलाप्रेमी अशोक पालिखेले भने महेन्द्रपुलको आर्ट ग्यालेरी र पुस्तकालय सार्नमा महानगरलाई केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य रहेको बताए । 

‘महानगरपालिकाको परिभाषा पुरा हुन विश्वविद्यालय, अस्पताल, कला संग्रहालयहरु अनिवार्य रहन्छ छ, पालिखेले भने, ‘तर पोखरा महानगरले चाँही भएको भवन भत्काएर अर्काे ठाउँमा बनाउने घोषणा गरेको छ । यसमा केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य हुन आवश्यक देखिन्छ  ।’ 


 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्